एजेन्सी । अहिलेसम्म पुरुषको अस्थायी साधन कण्डम मात्र थियो । तर अब भने डराउनुपर्दै । पुरुषहरुको लागि अर्को पनि अस्थायी साधन आईसकेको छ ।
वैज्ञानिकहरुले पुरुषका लागि गर्भनिरोधक साधन तयार पारेका छन् । पपुलेशन काउन्सिल र एनआईएचक युनिस केनेडी श्रिवरले एउटा यस्ता जेलको विकास गरेका छन् जसको प्रयोगले पुरुषको शुक्रकिट अस्थायी रुपमा कम हुन्छ ।
यो अनुसन्धानलाई नेतृत्व गरिरहेकी डा. डायना ब्लिथले महिलाहरुले गर्भनिरोध साधनको प्रयोगमा भईरहेको अप्ठेरोलाई मध्यनजर गर्दै यसको विकास गरिएको बताईन् ।
अहिलेसम्म पुरुषहरुको लागि स्थायी साधन भ्यासेक्टोमी र कण्डम मात्र थियो अब जेलको पनि विकास भईसकेको दावी गर्दै उनले भनिन्, ‘धेरै महिलाले गर्भनिरोधक चक्की खान सकिरहेका हुँदैनन् र पुरुषको गर्भनिरोधक विधि भ्यासेक्टोमी र कण्डममा मात्र सिमित छ ।’
यो जेल लिंगमा होईन्, पिठ्युँ र काँधमा लगाइनेछः
यो जेलको नाम भासालजेल राखिएको छ । यसलाई पुरुषहरुले आफ्नो पिठ्युँ र काँधमा लगाउनुपर्छ । यो जेललाई छालाले सोसेपछि यसले असर देखाउनेछ । यो जेललाई बनाउनका लागि टेस्टोस्टेरोनका साथै सेजेस्टेरोन नामको तत्व पनि समावेश गरिएको छ ।
शुक्रकिटको उत्पादनमा कमीः
सेजेस्टेरोनले पुरुषको टेस्टोस्टेरोनको प्राकृतिक उत्पादनमा रोक लगाउँछ । जसमार्फत वीर्यको उत्पादनमा अत्यधिक कमी आउने गर्छ । यसले यौन उत्तेजना र अन्य कार्यमा कुनै असर राख्दैन् ।
यो जेललाई संसारभरीका चार सय २० जोडीमाथि चाँडै नै परीक्षण गरिने बताइएको छ । यो जेलबाट एचआईभी, एड्स जस्ता रोगबाट कसरी जोगाउने भन्ने विषयमा पनि अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया