‘समर लभ’ को गीतमा आशिष र रेवतीको रिल्याक्स (भिडियोसहित)

‘समर लभ’ को गीतमा आशिष र रेवतीको रिल्याक्स (भिडियोसहित)


फिल्म ‘समर लभ’ को पहिलो गीत रिलिज भएको छ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार प्रसारलाई तिब्र बनाउने हेतुले गीत रिलिज गरेको छ । सार्वजनिक गीतमा लिड कलाकार आशिष पिया र रेवती क्षेत्री फिचर छन् ।

सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित यो फिल्मको सार्वजनिक रोमान्टिक गीतमा विदेशका विभिन्न शहरका मनोरम दृश्यहरु देख्न सकिन्छ । गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीतमा स्वर पुष्पन प्रधानको दिएका छन् भने उनलाई फिमेल भर्सनमा साथ बानिका प्रधानले दिएकी छिन् । साथै शब्द र संगीत पनि पुष्पनको नै छ ।

‘समर लभ’ प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनमा आउँदैछ । फिल्मको यसअघि सार्वजनिक टिजरले लोकप्रियता बढाउँदै छ । मुस्कान ढकालको निर्देशनमा तयार भएको फिल्ममा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी लिड अभिनयमा छन् ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवादमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् ।नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता छन् ।

अर्जुन जिसीले सम्पादन गरेको ‘समर लभ’मा स्वपन सरकार र मनोज बिक सहनिर्माता र एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् ।

 

Logo