वचतकर्ताको १० करोड ठग्ने सहकारी संचालक पक्राउ

वचतकर्ताको १० करोड ठग्ने सहकारी संचालक पक्राउ


काठमाडौँ

बिभिन्न आश्वासन दिएर बचतकर्तालाई जम्मा गर्न लगाई बचत खातामा रहेको झण्डै १० करोड भन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा ऋण सहकारी संस्थाका संचालक अशोक गोयललाई प्रहरीले पक्राउ गरेको छ ।

धर्मथपमा कार्यालय रहेको उक्त सहकारी गोयलले श्रीमतीलाई अध्यक्ष बनाएर संचालन गर्दै आएका थिए । बचतकर्ताले रकम झिक्न जांदा बिभिन्न बहाना बनाएर रकम नदिएपछि बचतकर्ताले प्रहरीमा खवर गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौले अशोकलाई पक्राउ गरेपछि श्रीमती सुमन गोयल सहित अन्य संचालक फरार रहेकाले खोजी जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिनुभयो ।

गोयलको मिलेमतोमा रकम हिनामिना भएपछि बचतकर्ताले आफ्नो निक्षेपमा राखेको रकम फिर्ता गराइदिन प्रहरीलाई आग्रह गरेका छन् । प्रहरी फरार भएकाहरुको खोजीका लागि सिमा नाकामा समेत प्रहरी परिचालन गरेको एसएसपी लामाले जानकारी दिनुभयो । एयरटेल सहकारी पिडितको संख्या ४० भन्दा बढी पुगेका छन । उक्त सहकारीमा माडवारी समुदायका युवा ब्यापारीहरु रहेका छन् । उजुरीकर्ताको बिगो दाबी ५० करोड पुग्ने अनुमान गरिएको एसएसपी लामाले बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Logo