क्यान्सरको उपचार गर्न न्युर्योक पुगेकी सोनाली भारत आईन

क्यान्सरको उपचार गर्न न्युर्योक पुगेकी सोनाली भारत आईन


बलिउड अभिनेत्री सोनाली बेन्द्रे केहि महिना अघि क्यान्सरको उपचार गर्न न्युर्योक पुगेकी थिइन् । न्यूर्योकमा सोनाली पति गोल्डी बहलसँगै थिईन् । अब उनीहरु दुवैजना भारत फर्किएका छन् ।

सोनाली आफ्नो जिवनको केहि खुशीको पल परिवारसँग बिताउनको लागि मुम्बई आएकी हुन् । उनी पतिसँगैं सोमबार बिहान मुम्बई पुगेकी छन् । क्यान्सरको उपचारका क्रममा सोनालीले कपाल समेत काट्नु परेको थियो ।

केहि समय अघि सोनाली नयाँ हेयर स्टाइलमा समेत देखिएकी थिइन् । हालै सोनालीले सामाजिक सञ्जालमा एउटा स्टाटस सार्वजनिक गरेकी छन् ।

जहाँ उनले लेखेकी छन्, ‘दुरीले हामीलाई निकै कुरा सिकाउँछ । घरबाट टाढा भएपछि मलाई कति व्यक्तिहरुको कहानी थाहा भयो । सबै अलग तरिकाले आप्mनो जिन्दगीको कहानी लेख्ने कोशिस गर्छाै र संघर्ष पनि गरिरहेका छौ । तर कोहि पनि हार मान्दनौ ।’

Logo