‘जानी नजानी’ मा निरिशा र नम्रताको ‘हट लुक’

‘जानी नजानी’ मा निरिशा र नम्रताको ‘हट लुक’


चलचित्र ‘जानी नजानी’ को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ लगायतका कलाकारहरु अटाएका छन् ।

विश्व बस्नेत निर्देशित चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । यस चलचित्रमा मनिष श्रेष्ठ, निरिशा श्रेष्ठ, सन्नी सिंह, र नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको कलाकरहरुले अभिनय गरेका छन् ।

संजय लामाले खिचेको यस चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । मोदनाथ खनाल र सागर काजी मालीले संयुक्त निर्माण गरेका छन् । आधुनिक प्रेम कथामा बनेको यस चलचित्र चैत्र १ गतेदेखि प्रर्दशनमा आउँदैछ ।

Logo