चित्र–बिचित्र

दोश्रो विवाह गरेपछि युवकलाई कुटेरै मारे

एजेन्सी । नेपालमा दोस्रो विवाह गर्न प्रतिबन्ध छ । कानूनले नै दोस्रो विवाह गरे कडा कारवाहीको व्यवस्था गरेको छ । तर भारत यस्तो देश हो जहाँ जे पनि हुन्छ । विहारमा एक दोस्रो विवाह गर्ने युवकलाई कुटेरै हत्या गरेका छन् ।

पहिलो श्रीमती हुँदाहुँदैं दोश्रो विवाह गर्ने श्रवण महतोलाई कुटपिट गरेर हत्या गरेका हुन् । स्थानीयले दोस्रो विवाह गरेको भन्दै कुटपिटपछि श्रवण गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

गत अप्रिलमा आफ्नी श्रीमतीलाई छोडेर दुखिया नाम गरेकी युवतीसँग विवाहबन्धनमा बाँधिएका थिए । स्थानीयको विरोधका बावजुद पनि बिवाह भएको थियो ।

परिवारले समेत विवाहको विरोध गरेपनि उनीहरु गाउँबाट भागेका थिए । तर अक्टोवरमा उनीहरु फेरि गाँउ फर्किए । उनीहरु गाउँ फर्केको थाहा पाएपछि दुखियाको पहिलो श्रीमानको घरपरिवारले श्रवणलाई आक्रमण गरेका हुन् ।

यसअघि श्रवणले दुखियालाई अपहरण गरी बन्धक बनाएर राखेको आरोप लगाउँदै दुखियाको श्रीमान र ससुरा बिरुद्ध स्थानीय प्रहरीमा उजुरी गरेका थिए ।

त्यसकै बदला लिनको लागि यस्तो गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । यस्तैक्रममा श्रवणको भाईले १५ जनाबिरुद्ध किटानी जाहेर दिएका छन् । प्रहरीले उनीहरुमध्ये केहीलाई पक्राउ गरेको छ । भने केही व्यक्ति फरार छन् ।

Comment here

SKIP THIS