प्रधानमन्त्रीलाई १ लाख डलरको अवार्ड, सबै रकम नेपाल सरकारलाई

प्रधानमन्त्रीलाई १ लाख डलरको अवार्ड, सबै रकम नेपाल सरकारलाई


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ लिडरसिप एण्ड गुड गभर्मेन्स अवार्ड’ प्रदान गरिएको छ । यूनिभर्सल पिस फाउण्डेसनले प्रधानमन्त्री ओलीलाई १ लाख अमेरिकी डलर राशीको ‘लिडरसिप एण्ड गुड गभर्मेन्स अवार्ड’ प्रदान गरेको हो ।

प्रधानमन्त्री ओलीले उक्त पुरस्कारको राशी नेपाल सरकारलाई हस्तान्तरण गरेर बालबालिका र युवाको हितमा खर्च गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेको बताएका छन् । काठमाडौंमा आज सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन बिना विकास सम्भव हुन नसक्ने दाबी गरे ।

सरकार जनसेवाका सबै क्षेत्रहरुमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको बताए । “सरकार जनअनुमोदिन भएकाले जनताप्रति उत्तरदायी छ । उत्तरदायित्व र जवाफदेहिता बिना सुशासन सम्भव छैन,” उनले भने, “हामीले संविधानमै आवधिक निर्वाचन, कानुनको सम्मान र कानुनभन्दा माथि कोही पनि नहुने व्यवस्था गरेका छौं ।”

प्रधानमन्त्रीले भ्रष्टाचार पैसामा मात्र नभई नीति, विधि र शक्तिको दुरुपयोग लगायतका विषयमा पनि हुन सक्ने बताए । “तर, सरकारले शुन्य सहनशीलताको नीति अबलम्बन गरेकाले यी कुनै पनि प्रकारका भ्रष्टाचारमा सरकारले कारबाही गर्दछ,” उनले भने ।

Logo