लाइफ स्टाइलसमाचारसमाज

‘रामचरितमानस’ का अनुसार यी ४ व्यक्ति कहिल्यै धनी बन्न सक्दैनन्

अहिलेको समयमा जो कोहीलाई धनी बन्नु छ । धनवान बन्नु छ । बढ्दो महंगी र बढ्दो महत्वकांक्षाको कारण मानिसहरुलाई सजिलो र छिट्टो तरिका अपनाएर धनी बन्नु छ ।

त्यही अनुरुप कोहीले गलत बाटो रोज्छन् भने कोही मेहनत गरेर पैसा कमाउछन् । सबैभन्दा पहिले धनवान बन्नको लागि पहिले गुणवान बन्नु जरुरी हुन्छ । त्यसपछि मेहनत गरेर कमाएको धनमा लक्ष्मीले बास गर्छिन् ।

यस दुनिँयामा धेरै धर्म गर्ने मानिसहरु बस्छन् । सबै धर्मले व्यक्तिको जीवन जिउनको लागि अलग अलग तरिका बताएका छन् । धर्ममा आस्था राख्ने व्यक्ति धर्मको तरिका आफ्नो जीवनमा पालन गर्छन् । धेरैजसोले धर्मको बाटोमा हिड्दा धेरैचोटी अन्जानमा गल्ती गर्छन् ।

अनि तिनै गल्तीको कारण हाम्रो सम्पुर्ण जिन्दगीले त्यो गल्तीलाई सहन गर्नुपर्छ । आवश्यकता पुरा गर्नको लागि हरेक मानिसहरुको यही इच्छा हुन्छ, जुन मानिससँग गाँस, बाँस र कपासको अभाव हुन्छ ।

कसैले धेरै पैसा कमाउने होडमा गलत काम गर्छन । उनीहरुको सबैभन्दा नराम्रो बानी यहि बन्छ । हेरौ कुन कुन काम गर्दा तपाईको जीवन गरिबीमा जान सक्छ ।

१.लालची व्यक्तिः
–जो मानिस धेरै धन कमाउने लालच गर्छ, उसले गलत बाटो अपनाउँछ । त्यस्तो मानिसको पतन निश्चित छ । गलत तरिकाले कमाएको धनले मानिस कहिल्यै पनि धनवान बन्न सक्दैनन् । मेहनतले कमाएको पैसा नै व्यक्तिको सफल बनाउँछ ।

२.नराम्रो संगत गर्नेः
–भनिन्छ, संगत गुणाको फल । नराम्रो मानिसको संगतले व्यक्तिको पतन गराउँछ । त्यसैले आफ्नो जीवनमा यस्तो साथी चुन्नुहोस् जसले तपाईलाई प्रगतिको उचाईतिर लैजाओस् ।

३.नशामा रहने व्यक्तिः
–नशाले व्यक्तिको जीवन कहिल्यै पनि सफल हुँदैन् । मद्यपान स्वास्थ्यको लागि पनि हानिकारक हुन्छ । यसकारण मानिसको चरित्र पनि खराब हुन्छ र आफ्नो जीवन विकास गर्न सक्दैनन् ।

४. धनी व्यक्तिः
–यस्ता व्यक्ति धन भएर पनि धनवान बन्दैनन् । धेरै धनी व्यक्ति अर्काको आदर सम्मान गर्दैनन् र घमण्ड गर्छन् । घमण्ड गर्नु व्यक्तिको पतन हुने कारण हो । अरुको इज्जत गर्नु भनेको प्रगतितिर लम्कनु हो ।

Comment here

SKIP THIS