बलिउडका चर्चित कमेडियन कलाकार राजपाल यादवलाई ३ महिना जेल सजायँ तोकिएको छ । चलचित्र बनाउन भन्दै ५ करोड ऋण लिएर तिर्न नसकेपछि उनलाई अदालतले ३ महिना जेल सजाय तोकेको हो । "/>

लिएको ५ करोड ऋण तिर्न नसक्दा राजपाल यादवलाई ३ महिना जेल

लिएको ५ करोड ऋण तिर्न नसक्दा राजपाल यादवलाई ३ महिना जेल


बलिउडका चर्चित कमेडियन कलाकार राजपाल यादवलाई ३ महिना जेल सजायँ तोकिएको छ । चलचित्र बनाउन भन्दै ५ करोड ऋण लिएर तिर्न नसकेपछि उनलाई अदालतले ३ महिना जेल सजाय तोकेको हो ।

भारतको उच्च न्यायलयले उनलाई यस्तो आदेश दिएसँगै अब उनलाई प्रहरीले पक्राउ गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको कम्पनी श्री नौरंग गोदावरी इन्टरटेन्मेन्टले चलचित्र बनाउन भन्दै ५ करोड ऋण लिएको थियो ।

सन् २०१० मा ऋण लिएतापनि अहिलेसम्म उनले सो रकम फिर्ता गर्न सकेका छैनन् । उनले निर्माण गरेको ‘अता पता लापत्ता’ चलचित्र सन् २०१२ मा रिलिज भएको थियो । तर, यो चलचित्रले जम्मा ३८ लाखको मात्र व्यापार गरेको थियो । चलचित्र डुबेपछि यादवले ऋण फिर्ता गर्न नसकेका हुन् ।

Logo