जाडो याममा हामीले छालाको विशेष रुपले हेरचाह गर्नुपर्दछ । चिसोले छालामा हुने कोलाजिनलाई सोस्ने हुँदा मोस्चरको कमिले छालालाई फुस्रो र सुख्खा बनाउँछ । "/>

जाडोमा छालाको सुरक्षा कसरी गर्ने ?

जाडोमा छालाको सुरक्षा कसरी गर्ने ?


जाडो याममा हामीले छालाको विशेष रुपले हेरचाह गर्नुपर्दछ । चिसोले छालामा हुने कोलाजिनलाई सोस्ने हुँदा मोस्चरको कमिले छालालाई फुस्रो र सुख्खा बनाउँछ । यसकारण निम्न उपायहरु अवलम्वन गरेर हामीले हाम्रो अनुहार एवम् शरिरको छालालाई फुर्तिलो र चम्किलो बनाउन सकिन्छ ।

जाडो समयमा भिटामिन ‘सी’ अन्तर्गत पर्ने खाना, फलफुल र तरकारीहरु प्रशस्त मात्रामा खानुपर्दछ ।

प्रोटिनले छालालाई कोलाजिन प्रदान गर्ने भएकोले प्रोटिनयुक्त पोषण तत्व मात्रा मिलाएर खानुपर्दछ ।

मोस्चराइजार क्रिम ६ घण्टाको फरकमा लगाउनुपर्छ ।

जाडो समयमा पानीमा कागती राखेर खाने गर्नाले छालामा मोस्चर पाउनुको साथै छाला चम्किलो देखिन्छ ।

बढि भन्दा बढि फलफुल एवम् तरकारी खाने गरेमा शरिरलाई चाहिने जति पानीको मात्रा पुग्दछ ।

जाडो महिनामा लगाउने मोस्चराइजर गर्मी महिनामा लगाइने भन्दा फरक हुनुपर्दछ ।

हाम्रो छालालाई चम्किलो र मुलायम बनाउन भिटामिन ‘सी’ भएको खाद्य पदार्थहरुको आवश्यकता पर्दछ । तर यि पदार्थ पानीमा घोलिएर, हावामा उडेर, तातोबाट नष्ट हुने भएकोले यिनीहरुको सेवन गर्दा हामीले ध्यान दिनुपर्छ ।

जाडोयाममा हप्ताको एउटा केरा र एभोकाडोमा २–३ थोपा नरिवलको तेल राखेर प्याक लगाएमा छाला चिल्लो र चम्किलो देखिन्छ ।

जाडो समयमा छालाको बाहिरी तह पनि शुष्क भएर चाउरी आउने, फुस्रो देखिने समस्या भएकोले महिनामा एकपटक सौन्दर्य विशेषज्ञको सल्लाह अनुसार फेसियल गराउनु आवश्यक हुन्छ ।

जाडो मौसममा स्किन हाइट्रटिङ गरिरहनु पर्ने हुँदा गुलावजल र टोनर धेरै भन्दा धेरै लगाउने ।

जाडो याममा सबै प्रकारको छालामा कोलोजिनको मात्रा घट्ने र छालामा डिहाइड्रेट हुने भएकोले रातको समयमा मोस्चराइजर क्रिम लगाएर सुत्नु निकै नै लाभदायक हुन्छ । किनभने रातको समयमा छिट्टै नै स्किन रिपियर हुन्छ ।

सीता अर्याल, सौन्दर्यविद् (मोनालिसा पार्लर)

Logo