धादिङमा बसको ठक्करबाट एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

धादिङमा बसको ठक्करबाट एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध


धादिङ । बसको ठक्करबाट धादिङमा एक जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौं जाँदैं गरेको बा ३ ख ८३९५ नम्बरको बसको ठक्करबाट बा ३६ प ८३५७ मोटरसाइकलमा सवार गजुरी गाउँपालिका–५ का नारायणकाजी भण्डारीको मृत्यु भएको हो ।

थाक्रे गाउँपालिका–६ दशकिलामा ठक्कर दिँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमै सवार अर्का १ व्यक्ति भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

उनको धार्के अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले केहीबेर राजमार्गमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनका कारण केहीबेर राजमार्गको सवारी आवागमनसमेत प्रभावित भएको थियो ।

Logo