प्रदेश ३विचारविशेषविश्लेषणसमाचार

निजगढ विमानस्थल बन्न ढिलो भए भारतले के गर्छ ? (भिडियो विश्लेषण)

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढिरहेको छ । बारा जिल्लामा प्रस्तावित सो विमानस्थलको निर्माण कार्य यतिबेला सुस्त गतिमा चलिरहेको छ ।

लामो समयदेखि प्रतिक्षारत उक्त परियोजनालाई शीघ्र अगाडि बढाई निर्माणलाई तीव्रता दिन विभिन्न निकायबाट सरकारलाई दबाब परिरहेको छ । राज्यले पनि उक्त विमानस्थल बनाउन आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । तरपनि निर्माणमा ढिलाई भईरहेको छ ।

नेपालको अर्को अन्तर्राष्ट्रिय विमानस्थल अपरिहार्य रहेको विज्ञहरुको लामो समयदेखि बताउँदैं आएका छन् । पर्यटन, खेलकुद र चलचित्र विज्ञ युवराज लामाले अर्को अन्तर्राष्ट्रिय विमानस्थल नबन्दा नेपाललाई भविश्वयमा ठूलो क्षति हुने चेतावनी दिएका छन् ।

बढ्दो सहरिकरणको प्रभावले काठमाडौंमा रहेको विमानस्थलले चाप धान्न नसक्ने अवस्था रहेको भन्दै चाँडो चाँडो अर्को बनाउनुको विकल्प नरहेको बताएका हुन् । हेर्रो उनको विश्लेशणः

Comment here

SKIP THIS