खेलकुद

१० औं स्थान हासिल गर्दै नेपाली धावक जापानबाट फर्किए

मित्रराष्ट्र जापानको ओसाका सहरमा सम्पन्न ‘ओसाका म्याराथन २०१८’ मा भाग लिएर नेपाली टोली स्वदेश फर्केको छ । टोली प्रमुख रजत श्रेष्ठसहित प्रशिक्षक बैकुण्ठ मानन्धर र धावकद्धय धर्म महर्जन र पुष्पलाल श्रेष्ठको टोली उक्त म्याराथनमा भाग लिएर सोमबार बेलुका फर्केको हो ।

३२ हजार भेट्रान धावकले भाग लिएको ओसाका म्याराथनमा नेपालले १० औं ‘पोजिसन’ हासिल गरेको टोली सम्बद्ध दुर्गा न्यौपानेले जानकारी दिईन् । नेपाली धावक धर्म महर्जनको स्थान चाँही २ सय ३० मा थियो ।

नेपाल सरकार र राखेपको सहयोग अनि डा. खगेन्द्र स्पोटर्श फाउन्डेशनको ब्यवस्थापनमा जापान पुगेर सहभागी भई फर्केको नेपाली टोलीलाई एयरपोर्टमा स्वागत गरिएको थियो ।

Comment here

SKIP THIS