निर्मलाका लागि न्याय भन्दै युवाहरुले राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।

निर्मलाको लागि न्याय का पोष्टर सहित सनिबार माईतीघर मण्डलामा भेला भएका युवाहरुले घटनाका दोषिलाई नियन्त्रणमा लिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए । "/>

‘निर्मलालाई न्याय दे’ भन्दै माइतीघरमा प्रर्दशन

‘निर्मलालाई न्याय दे’ भन्दै माइतीघरमा प्रर्दशन


निर्मलाका लागि न्याय भन्दै युवाहरुले राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।

निर्मलाको लागि न्याय का पोष्टर सहित सनिबार माईतीघर मण्डलामा भेला भएका युवाहरुले घटनाका दोषिलाई नियन्त्रणमा लिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए । उनीहरुले ‘निर्मलाहरुलाई न्याय दे’, ‘असक्षम गृहमन्त्री राजीनामा दे’, ‘प्रहरी पनि बिकेछन् नेता बाट सिकेछन्’ भन्ने नारा लगाएका थिए ।

प्रहरीले एशिया प्रशान्त शिखर सम्मेलन मा विदेशी पाहुना आएको भन्दै यो समयमा विरोधका कार्यक्रम गर्दा नराम्रो संदेश जाने भन्दै प्रर्दशन नगर्न अनुरोध गरेको थियो । यद्यपि युवाहरुले भने प्रर्दशन जारी राख्दै नयाँवानेश्वर सम्म नाराबाजी सहितको र्याली गरेका थिए ।

विभिन्न छानविन समिति गठन भएपनि घटनाको चार महिना वितिसक्दा पनि निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषिलाई सरकारले अझै पत्ता लगाउन सकेको छैन ।

Logo