श्रृंखला खतिवडा मिस वर्ल्डको टप २० मा छनोट 

 श्रृंखला खतिवडा मिस वर्ल्डको टप २० मा छनोट 


काठमाडौं । मिस नेपाल २०१८ श्रृंखला खतिवडा मिस वल्र्डको टप २० मा छनोट भएकी छन् । मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा रहेकी श्रृंखला टप २० मा परेकी हुन् । उनी ‘हेड टु हेड च्यालेञ्ज’ को टप २० मा छनोट भएकी हुन् ।

अब उनी टप १० को लागि तयारीमा छिन् । आफु टप २० मा सेलेक्ट भएको जानकारी श्रृंखलाले आफ्नो इन्स्टाग्राम मार्फत दिएकी छन् ।

उनलाई मिस वर्ल्डको दावेवार पनि मानिएको छ । उनी नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, म्यानमार लगायत अन्य देशमा चर्चित बनेकी छन् । उनले अहिलेसम्म सबैभन्दा बढी भोट पाएकी छन् । मल्टिमिडिया अवार्डको दावेवारमा उनी सबैभन्दा अगाडि छिन् । उनलाई अहिलेसम्म कसैले पनि पछ्याउन सकेका छैनन् ।

त्यसले गर्दा पनि उनी मिस वर्ल्डको दावेदार मानिएकी हुन् । उनी सानैदेखि पढाईमा अव्वल श्रृंखला इन्जिनरिङकी विद्यार्थी हुन् । उनी सामाजिक काम र पर्यटनमा पनि उत्तिकै रुचि राख्छिन् । श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन्। उनका बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमालेका सासंद हुन् । त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन्।

उनका हजुरबा बद्री प्रसाद खतिवडा पनि पूर्व राजनीतिज्ञ हुन् । उनी यो पटक मिस वल्र्ड नेपालले जित्ने दावी गर्छन् । आफ्नो नातिनी सानैदेखि हरेक क्षेत्रमा अब्बल रहेकाले यो पटकको मिस वर्ल्ड श्रृंखलाले नै जित्ने विश्वास रहेको बताउँछन् ।तर आज हामीसँग भएको भलाकुसारीमा शृंखलाका आमाबुवाले कुनै क्षेत्र, प्रदेश र रानीतिसँग नजोडिकन नेपालीको नाताले शृंखलालाई जिताउन अनुरोध गरेका छन् ।


#Video via Youtube

Logo