काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेकी म्यानमारकी नेतृ आङ साङ सुकीलाई अनौठो उपहार दिएका छन् । एसिया प्यासिफिक समिटमा सहभागी हुन नेपाल आएकी सुकीलाई प्रधानमन्त्रीले ९ कक्षाको सामाजिक विषयको पुस्तक दिएका हुन् । "/>

सुकीलाई प्रधानमन्त्रीले ९ कक्षाको सामाजिक पुस्तक उपहार दिए

सुकीलाई प्रधानमन्त्रीले ९ कक्षाको सामाजिक पुस्तक उपहार दिए


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेकी म्यानमारकी नेतृ आङ साङ सुकीलाई अनौठो उपहार दिएका छन् । एसिया प्यासिफिक समिटमा सहभागी हुन नेपाल आएकी सुकीलाई प्रधानमन्त्रीले ९ कक्षाको सामाजिक विषयको पुस्तक दिएका हुन् ।

नेपाल भ्रमणमा रहेको सुकी नेतृत्वको म्यानमारको प्रतिनिधि मण्डलको टोली र नेपाली प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच आज भएको भेटवार्तापछि उपहार दिएका हुन् । दुईबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री ओलीले भ्रमणमा रहेकी नेतृ सुकीलाई कक्षा ९ को पाठ्यक्रममा समावेश सामाजिक विषयको पुस्तक उनलाई उपहार दिएका हुन्।

सो पुस्तकमा प्रजातन्त्रवादी नेतृ सुकीको जीवनी र व्यक्तित्व समावेश गरिएको छ। भेटवार्तामा स्टेट काउन्सिलर सुकीले आफूले विगतमा बसेको समयमा भन्दा काठमाडौँमा धेरै परिवर्तन भएको बताएकी थिइन् । सु की सन् १९७३ मा नेपालमा बसेकी थिइन्।

उनका श्रीमान मिचेल आइरिस नेपालमा बौद्ध धर्म, हिमालय संस्कृतिको अध्ययनका लागि नेपाल आएका थिए। उनीसँगै सूकी पनि नेपाल आएकी थिइन्। आइरिस बौद्ध धर्म, हिमालय संस्कृति र तिब्बत मामिलाका अध्येता हुन्। उनको मृत्यु सन् १९९९ मा भएको थियो।

Logo