अफगानिस्तानको काबुलमा बुधवार भएको आक्रमणमा १० जनाको मृत्यु भएको छ भने ११ नेपाली नागरिक घाइते भएका छन् । त्यहाको आन्तरिक मामिला मन्त्रालयले घटनामा ११ नेपाली र पाँच ब्रिटिश नागरिक घाइते भएको जनाएको छ । "/>

१२ फोटोमा हेर्नुहोस् ११ नेपाली निशानामा परेको कावुल घटना

१२ फोटोमा हेर्नुहोस् ११ नेपाली निशानामा परेको कावुल घटना


अफगानिस्तानको काबुलमा बुधवार भएको आक्रमणमा १० जनाको मृत्यु भएको छ भने ११ नेपाली नागरिक घाइते भएका छन् ।त्यहाको आन्तरिक मामिला मन्त्रालयले घटनामा ११ नेपाली र पाँच ब्रिटिश नागरिक घाइते भएको जनाएको छ । आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ ।

ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसका सुरक्षा गार्डहरु निशानामा परेका हुन् । आक्रमणको जिम्मा तालिवानले लिएको छ। सुरुमा कार बम विस्फोट गराएका उनीहरु पछि मात्रै कार्यालयमा प्रवेश गरेका थिए। लगतै दुवै पक्ष बीच गोली हानाहान भएको थियो।

घटनामा परी १ बेलायती, ४ अफगान नागरिकको मृत्यु भएको छ भने एकजना पैदल यात्रीको सनाखत हुन सकेको छैन। जी फोर एस कम्पनीले आफ्ना ३२ कर्मचारी घाइते भएको जनाएको छ। यी मध्ये केही कर्मचारीको अवस्था गम्भीर छ।

जीफोरएस विश्वकै सबभन्दा ठूलो सुरक्षा कम्पनीमध्ये एक हो। उसले ब्रिटिश दूतावास वरपरको क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ।यसअघि सन् २०१६ को जुनमा राजधानी काबुलमा गरिएको एउटा आक्रमणमा १२ जना नेपाली मारिएका थिए। वैदेशिक रोजगारीको लागि औपचारिक रूपमा खुल्ला नगरिएको अफगानिस्तानमा नेपाली कति सङ्ख्यामा छन् भन्ने स्पष्ट छैन।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०१७ मा अफगानिस्तानमा १० हजारभन्दा बढी मानिसहरू मारिएका थिए। (एजेन्सीको सहयोगमा)

 

 

Logo