फ्राइडे रिलिजमा फिल्म ‘शान्ति’

फ्राइडे रिलिजमा फिल्म ‘शान्ति’


मसिंर १४ गते आज नेपाली सिनेमा हलहरुमा एउटा फिल्म मात्र प्रर्दशनमा आएको छ । नेपाली फिल्म ‘शान्ति’ प्रर्दशनमा आएको हो ।
फाल्गुनन्द लिङ्देन फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म ‘शान्ति’ लाई दिनेश लिङ्देनले निर्देशन गरेका हुन् ।

यस फिल्ममा सुशिल क्षेत्री, निशा पोमु, सुुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

शान्ति बकिन थेबेले निर्माण गरेका हुन् भने मेग बहादुर थापाले सम्पादन गरेका हुृन् । ग्यानु राईले खिचेको फिल्मलाई निर्देशक दिनेश लिङ्देनले नै लेखेका हुन् । यो फिल्मले सामाजिक पारिवारिक कथावस्तुलाई प्रस्तुत गरेको छ ।

Logo