चित्र–बिचित्र

७ बर्षिय बालकले एक बर्षमा कमाए २२ मिलियन डलर !

फोर्ब्स पत्रिकाले युट्युवमा सबैभन्दा बढी कमाउने च्यानलहरुको सूचि सार्वजनिक गरेको छ । सार्वजनिक सूचिमा सबैभन्दा पहिलो स्थानमा जुन च्यानल परेको छ त्यो च्यानल एक ७ बर्षिय बालकले चलाउँछ । अमेरिकामा बस्ने यो बालकको नाम रेयान हो । उनको च्यानलको नाम ‘रेयान टोयज रिव्यु’ रहेको छ । जुन च्यानलबाट उनले खेलौनाका समिक्षा गर्छन् ।

–फोर्ब्स को लिस्टको अनुसार जून २०१७ बाट जून २०१८ बिच रेयानले २२ मिलियन डलरको कमाई गरेका छन् । पहिलो बर्ष उनले ११ मिलियनको कमाई गरेका थिए ।

–सन् २०१७ मा सबैभन्दा धेरै कमाई गर्ने यूट्युव च्यानलको लिस्टमा रेयानको च्यानल ८ नम्बरमा थियो । रेयानको यूट्युव च्यानलमा अहिले १.७३ करोड भन्दा बढी सब्सक्राइबर छन् ।

– पहिलो बर्ष वासिंगटन पोस्टमा दिएको एक अन्तर्वार्तामा रेयानको आमाले बताएका थिए, ‘जब रेयान तीन बर्षको थिए, तवदेखि नै यूट्युव च्यानल सुरु गर्ने सोच आएका थिए ।’ रेयान सानो देखि नै खेलौनाको रिभ्यु गर्ने यूट्युव च्यानलहरु हेर्थे ।

–उनको आमाले भनेका थिए, ‘एक दिन हामी खेलौनाको पसलमा गएका थियौ र त्यहाँबाट लेगो ट्रेन किनेका थिए ।’ त्यही खेलौनाबाट उनले यूट्युव च्यानलको सुृरुवात गरेका थिए । रेयानले उनको यूट्युव च्यानल सन् २०१५ मार्चमा सुरु गरेका थिए ।

–सन् २०१५ मार्चबाट सन् २०१६जनवरीसम्म १० महिना रेयानको यूट्युव च्यानलमा १० लाख भन्दा धेरै सब्सक्राइवर भएको थियो ।

Comment here

SKIP THIS