कम्बोडियाका प्रधानमन्त्री सेन काठमाडौंमा, हवाई सम्झौता हुने

कम्बोडियाका प्रधानमन्त्री सेन काठमाडौंमा, हवाई सम्झौता हुने


काठमाडौं । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन कम्बोडियाका प्रधानमन्त्री काठमाडौं आईपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौँ आईपुगेका हुन् ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका छन् । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो । आजदेखि काठमाडौंमा एशिया प्रशान्त शिखर सम्मेलन हुदैंछ । उक्त सम्मेलनमा भाग लिन प्रधानमन्त्री हुन सेन नेपाल आएका हुन् । सम्मेलन १७ गतेसम्म चल्दैंछ ।

द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर हुने:

नेपाल र दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर हुने भएको छ। दुई देशबीच हवाई सेवा आदानप्रदान गर्न प्रारम्भिक चरणको सम्झौतामा बिहीबार हस्ताक्षर हुने भएको हो।

नेपाल आएका प्रधानममन्त्री हुन सेन र प्रधानमन्त्री ओलीको उपस्थितिमा साँझ राजधानीको एक होटलमा दुई देशका नागरिक उड्डयन मन्त्रीले हस्ताक्षर गर्नेछन्। सम्झौतामा दुई देशका एयरलाइन्सले सातामा १४ वटासम्म उडान गर्न पाउने व्यवस्था गरिएको छ।

सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको र सोहीअनुसार आज हस्ताक्षर हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए। १ करोड ६० लाख जनसंख्या भएको कम्बोडियामा ९७ प्रतिशत मानिसले बुद्ध धर्म मान्छन् ।

Logo