पाकिस्तानको निम्तो मोदीद्धारा अस्वीकार

पाकिस्तानको निम्तो मोदीद्धारा अस्वीकार


एजेन्सी । पाकिस्तान भ्रमणको निम्तो भारतीय प्रधानमन्त्रीले अस्वीकार गरेका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनका लागि पाकिस्तानी विदेश मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाउने भनेको निम्तो भारतले अस्वीकार गरिदिएको हो ।

सार्क सम्मेलनको मिति सबै सदस्य राष्ट्रको सहमतिमा हुनुपर्ने भएकाले पाकिस्तान एक्लैले मोदीलाई सम्मेलनका लागि निम्तो पठाउन नसक्ने भारतले जनाएको छ। यसअघि मंगलबार पाकिस्तानी विदेश मन्त्रालयलका अधिकारीले इस्लामावादमा आयोजना हुने सम्मेलनका लागि मोदीलाई निम्तो पठाउने बताएका थिए।

भारतीय दैनिक टाइम्स अफ इन्डियाले तत्काल सम्मेलन आयोजना गर्ने पक्षमा बंगलादेश र श्रीलंका पनि नभएको उल्लेख गरेको छ। बंगलादेशमा केही समयमा चुनाव हुँदैछ भने श्रीलंकाको आन्तरिक राजनीतिक संकट गहिरिँदै गएको छ।

पछिल्लो सार्क सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएको थियो। सन् २०१६ मा सम्मेलन आयोजना गर्ने पालो पाकिस्तानको थियो । इस्लामावादमा हुने सम्मेलनभन्दा केही समयअघि भारतको उरीमा भएको आक्रमणलाई लिएर भारतले सहभागी नहुने बताएपछि स्थगित भएको थियो ।

Logo