काठमाडौँ

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर पक्षले संयोजक परिवर्तन गर्ने निर्णय पुनर्विचार गर्न एक साता सम्म कुर्ने बताएको छ । "/>

राजपामा महन्थ ठाकुर पक्षले दियो एकसाताको अल्टिमेटम

राजपामा महन्थ ठाकुर पक्षले दियो एकसाताको अल्टिमेटम


काठमाडौँ

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर पक्षले संयोजक परिवर्तन गर्ने निर्णय पुनर्विचार गर्न एक साता सम्म कुर्ने बताएको छ । संयोजक परिवर्तन गर्दा ठाकुरमाथि काम गर्न नसकेको भन्दै लगाएको अभियोग तथा महेन्द्र राय यादवले बोलेका अभिव्यक्ति फिर्ता लिनुपर्ने उनीहरूको अडान छ ।

आफूहरूको सरोकार भएका दुई विषयमा पुनर्विचार नभए ठाकुर पक्षले राजपाको छुट्टै बैठक बोलाउने केन्द्रीय सदस्य डा. सुरेन्द्र झाले जानकारी दिए । ‘एक हप्तासम्म पनि उहाँहरूले यी दुई विषयमा प्रस्ट धारणा ल्याउनु भएन भने राजपाको ब्यानरमा राजनीतिक समिति वा पदाधिकारी बैठक बोलाउने पक्षमा छौँ,’ उनले भने । बैठक बोलाउँदा पनि वातावरण बनेन भने मेची महाकाली अभियान सुरु हुने झाको भनाइ छ ।
नयाँ पत्रिकाबाट

 

Logo