अमेरिकी अन्तरिक्ष नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नामक उक्त न नेपाली समयअनुसार आज बिहान १ बजेर ३८ मिनेट जाँदा मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको हो । "/>

रोबोर्टसहितको यान मंगलग्रहमा अवतरण (भिडियो)

रोबोर्टसहितको यान मंगलग्रहमा अवतरण (भिडियो)


अमेरिकी अन्तरिक्ष नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नामक उक्त न नेपाली समयअनुसार आज बिहान १ बजेर ३८ मिनेट जाँदा मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको हो ।

यो यानको रोबोर्टले ग्रहको भित्री क्षेत्रका बारेमा अध्ययन गर्ने छ । पृथ्वीपछि पहिलो पटक अरु कुनै ग्रहको यस्तो अध्ययन हुन लागेको यो पहिलो पटक हो । अब रोबोर्टले मंगल ग्रहका बारेमा प्राप्त जानकारी पठाउने छ । क्यालिफोर्नियामा रहेको नासाको यो मिसन कन्ट्रोल गर्ने जेट प्रोपुल्सन ल्याबोरेटरीमा रोबार्ट मंगल ग्रहमा अवतरण भएको खुशीयाली मनाइएको छ । नासाले यो दिन उत्कृष्ट रहेको बताएको छ ।

अब वैज्ञानिकहरुले यानले पठाउने त्यहाँ वरपरका तस्बिर र सन्देशको पनि प्रतिक्षा गरिरहेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो अभियानमा संलग्नहरुलाई बधाइ दिएका छन् ।

रेड प्लानेटको सतहमा पुगेको इनसाइट ल्याण्डर यानको रोबोर्टले ग्रहको भित्री क्षेत्रका बारेमा अध्ययन गर्नेछ । जेपिएलका निर्देशक मिक वाट्किन्सले यो सफलता सबैको रहेको बताएका छन् ।

इनसाइट ल्याण्डर अहिले मंगल ग्रहको एलिजियम प्लानिटामा रहेको छ । अर्थात रेड प्लानेटको इक्वेटर नजिक । यान अवतरण भएको केही मिनेटमै पहिलो तस्बिर नासाले प्राप्त गरेको थियो । यो तस्बिर धमिलो छ । अबको केही दिनमा स्पष्ट रुपमा देखिने खालको तस्बिर आउने बताइएको छ ।

यसअघि सन् २०१२ मा पनि यस्तै यान मंगल ग्रहमा ल्याण्ड गर्ने प्रयास भएको थियो । वैज्ञानिकले पृथ्वीको भित्री संरचना थाहा पाए जस्तै मंगल ग्रहको पनि भित्री संरचनाका बारेमा जानकारी पाउनका लागि यो प्रयास गरिरहेका हुन् । यसबाट त्यहाँ मानव जीवनको संभावनाका बारेमा थप थाहा हुनेछ । (एजेन्सी)

 

Logo