काठमाडौँ

पेट्रोल पम्पको मदरबोर्डमा सफ्टवेयर राखेर डेस्पेन्सिङ मेसिनमा देखाए भन्दा कम तेल दिई ठगी गर्ने १२ वटा पम्प समातिएका छन् । "/>

सफ्टवेयरबाट १२ वटा पम्पले तेल ठगेको पुष्टि, ५ प्रतिशत सम्म ठगी

सफ्टवेयरबाट १२ वटा पम्पले तेल ठगेको पुष्टि, ५ प्रतिशत सम्म ठगी


काठमाडौँ

पेट्रोल पम्पको मदरबोर्डमा सफ्टवेयर राखेर डेस्पेन्सिङ मेसिनमा देखाए भन्दा कम तेल दिई ठगी गर्ने १२ वटा पम्प समातिएका छन् । दुई साता यता पेट्रोलपम्पको ठगी बारे अनुसन्धान अघि बढाएपछि १२ वटा पम्प समातिएको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

एक वर्ष अघि पम्प अनुगमनमा जाँदा धेरै व्यवसायीले डिस्पेन्सिङ मेसिनमा आपूर्ति भइरहेको बिजुली अफ गर्ने र अनुगमन टोलीको निर्देशनपछि पुनः सुचारु गर्ने भेटिएको थियो । अनुगम टोली देख्नासाथ पम्पको बिजुली बन्द गर्ने व्यवसायीको प्रवृत्तिलाई शंकाको घेरामा राखेर थालिएको अनुसन्धानले नै सफ्टवेयर राखेर ठग्ने पम्प समातिन थालेको पुडासैनीले जानकारी दिए ।

उनका अनुसार एकपटक बिजुली बन्द गरेपछि ठगीका लागि चालू गरेको सफ्टवेयरले पनि स्वतः बन्द हुन्छ । त्यसलाई सुचारु गर्न पुनः अन गर्नु पर्ने कारण अनुगमन टोलीले सजिलै ठगी पत्ता लगाउन सकेन । ‘धेरैजसो बुटवल र बाराका पम्पले मदर बोर्डमा सफ्टवेयर राखेर ठगी गरेको भेटिएको छ,’ उनले भने, ‘देशैभरका पम्पलाई अनुसन्धानको दायरामा ल्याउने काम गरिरहेका छौँ ।’

विभागले २५ कात्तिकमा काठमाडौंको सानो भर्याङस्थित बंगलामुखी आयल स्टोरमा अनुगमन गरी सफ्टवेयर राखेर तेल ठगी गरेको पुष्टि गरेको थियो । त्यसअघि बाराको कलैयास्थित पाँच पम्प विजय आयल स्टोर, मोहम्मद आयल स्टोर, श्रीशंकर आयल स्टोर, अमित आयल स्टोर र स्वस्थानी आयल स्टोरले तेल कम दिने गरेको भटिएको थियो । तर कसरी ठगी गरेको भन्ने खुलेका थिएन । काठमाडौंको बंगलामुखी आयल स्टोरले सफ्टवेयर मार्फत गरेको भेटिएपछि बाराका पम्पले समेत सफ्टवेयर मार्फत ठगेको पुष्टि भएको विभाग मातहतको बारास्थित क्षेत्रीय कार्यालयका प्रमुख शशीभूषण यादवले बताए ।
नयाँ पत्रिकाबाट

Logo