आत्महत्याको विषयमा सचेत बनाउने उद्धेश्यले चलचित्र निर्माण भएको छ । लाबा मिडिया प्रालिको ब्यानरमा थाहा कलाकेन्द्रको प्रस्तुति रहेको नेपाली कथानक चलचित्र ‘कल्चर’ को प्रोमो रिलिज भएको छ । "/>

आत्महत्या न्यूनीकरण गर्न चलचित्र (हेर्नुहोस् ट्रेलर)

आत्महत्या न्यूनीकरण गर्न चलचित्र (हेर्नुहोस् ट्रेलर)


आत्महत्याको विषयमा सचेत बनाउने उद्धेश्यले चलचित्र निर्माण भएको छ । लाबा मिडिया प्रालिको ब्यानरमा थाहा कलाकेन्द्रको प्रस्तुति रहेको नेपाली कथानक चलचित्र ‘कल्चर’ को प्रोमो रिलिज भएको छ ।

चलचित्र लेखक/निर्देशक सानोबाबु मोक्तानले आत्महत्याका कारणलाई चलचित्रमा खोतल्ने प्रयत्न गरिएको बताए । चलचित्रले आत्महत्यापछि परिवारमा पर्ने तनाव तथा आत्महत्यासम्मको अबस्थाका विषयमा चलचित्रले मार्मिकढंगबाट ब्याख्या गरेको बताए । आत्महत्या गर्ने सोचमा पुगेकाहरुले चलचित्र हेरेपछि आत्महत्या नगर्ने उनले ठोकुवा गरे ।

२१ लाख रुपैया लागतमा निर्माण भएको चलचित्र मकवानपुरको थाहानगर–२ को भाङ्खोरिया (कोटथुम्की), दामन, पालुङ तथा हेटौंडामा छायांकन गरिएको छ । २ घण्टा १५ मिनेटको चलचित्रले आत्महत्या न्यूनीकरणको सन्देशसगै मनोरञ्जन प्रदान गर्ने निर्देशक मोक्तानले बताए । चलचित्रमा सर्वनाम थिएटरकी कलकार मीना पूर्णिमा खड्का, बिना मुक्तान, विनित रायमाझी, दीपराज खत्री, रुपक कालीराज, शुभराज भोम्जन र रवि जिम्बा, मुना लामा, शान्ति घले, शान्ति सिन्तान, मनोज तितुङ, शार्मिला स्यांतान, उर्मिला स्यांतानलगायतको अभिनय छ ।

चलचित्रमा अजय वाइबाको सम्पादन, थाहा कलाकेन्द्रको नृत्य, दीपराज गिरी र मुक्तिनाथ उप्रेतीको संगीत छ । चलचित्रमा रीता मगरले कार्यकारी निर्देशकको भूमिका निर्वाह गरेकी छन् । श्याम गौतमको छायांकन रहेको चलचित्रमा सञ्जय मण्डलको ब्याकग्राउण्ड स्कोर रहेको छ । चलचित्रलाई एजे टिमले सम्पादन गरेको हो ।

चलचित्रको मंसिर १५ गते थाहा कला केन्द्रमा प्रिमियर गरिने भएको छ ।

 

Logo