काठमाडौँ

सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी खरिदबारे प्रश्न उठाएको छ । "/>

संलग्नहरु नै राखेर छानविन समिति ? : वाइडबडी खरिद प्रकरणमा लेखा समितिको प्रश्न

संलग्नहरु नै राखेर छानविन समिति ? : वाइडबडी खरिद प्रकरणमा लेखा समितिको प्रश्न


काठमाडौँ

सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी खरिदबारे प्रश्न उठाएको छ । समितिको आइतबार बसेको बैठकमा समितिमा सांसदहरुले विमान खरिदबारे प्रश्न गरेका छन् । बैठकमा समितिका सभापति भरत शाहले ६ अर्ब ५९ करोड घोटाला भएको दाबी गरे ।

हवाई सेवामा संलग्न व्यवसायीहरुका अनुसार हवाई जहाज खरिदमा उत्पादकहरुले १० प्रतिशत क्रेतालाई कमिशन दिने गर्छन् भनिन्छ तर २४ अर्वको खरिदमा नेपाल वायुसेवा निगमलाई आउनुपर्ने कमिशन २ अर्व ४० करोड कता गयो ? समितिको लिखित प्रश्नमा भनिएको छ । कमिशन, अधिकतम उडान भार कटौती र मूल्याङकन गरि २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड खोटाला भएको देखिन्छ यसमा निगमको भनाई के छ ? भन्दै प्रश्न गरिएको छ ।

जहाजको स्वामित्व निगममा छ या अरुसँग छ भन्दै प्रश्न समेत गरिएको छ । निगमले उभ्याएको विवादास्पद बिक्रेता हाईफ्लाई एक्स आयरल्याण्डले सो जहाज आफूले किनेर निगमलाई बेचेको भए प्रमाणपूर्जा पनि निगमलाई हस्तान्तरण हुनु पर्ने प्रमाण पूर्जामा बिक्रेता कम्पनी आयरल्याण्डको हाई फ्लाई एक्स र क्रेता कम्पनी नेपाल वायुसेवा निगम दुवै कम्पनीको छाप विना दुवै संस्थाका प्रतिनिधिहरुको नाम कम्प्युटर टाइप पनि नगरी हातैले लेखिएको देखिन्छ, यी दुई जहाजको स्वामित्व अरु कसैमा छ कि निगममा ? अन्य विमान खरिद र यसको प्रमाण पूर्जा मेल खान्छ ? भन्दै प्रश्न गरिएको छ ।

संलग्नहरु नै राखेर छानविन समिति ?

वाइडबडी जहाज खरिद सन्दर्भमा मन्त्रालयबाट गठन गरिएको छानविन समितिमा खरिद प्रक्रियामा संलग्नलाई राखिएको समितिले भनेको छ । संलग्नहरु नै रहेको छानविन निष्पक्ष भयो भन्ने आधार के छ ? भन्दै प्रश्न समेत गरिएको छ ।

वाइड बडी जहाज खरिद सन्दर्भमा मन्त्रालयबाट छानविन समिति बनाई अनुसन्धान गरेको अवस्थामा समितिका सदस्य बायुसेवाका सञ्चालक समितिमा रहनु भएका खरिद प्रक्रियामा संलग्न महानुभावहरु नै राखेर गरेको देखियो । सो समितिमा निगम सञ्चालक समितिका सदस्य मुक्ति पाण्डे, नागरिक उड्यान प्राधिकरणका उपनिर्देशक रितेशराज पन्त, निगमकै सञ्चालक समितिका सदस्य सदस्य सचिव असोक सिग्देल, प्राधिकरणका विशेषज्ञ पाइलट बीएम अमात्य रहनुभएको देखियो । संलग्नहरु नै रहेको छानविन निष्पक्ष भयो भन्ने आधार के छ ? पर्यटन मन्त्रालयले गरेको छानविनको निष्कर्ष के आयो ? समितिले प्रश्न गरेको छ ।
नागरिकबाट

Skip This
Logo