तस्बिरः रमेश भट्टको फेसबुकबाट

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्र्तगत भासीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । "/>

महेन्द्रनगरको भासीमा बसले मोटरसाईकललाई ठोक्यो, १ जनाको मृत्यु

महेन्द्रनगरको भासीमा बसले मोटरसाईकललाई ठोक्यो, १ जनाको मृत्यु


तस्बिरः रमेश भट्टको फेसबुकबाट

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्र्तगत भासीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बेलौरी नगरपालिका १० का ३५ वर्षीय श्रवणकुमार चौधरीको घटनास्थलमै ज्यान गएको हो ।

अत्तरियाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको नम्बर नखुलेको यात्रुवाहक बसले महेन्द्रनगरबाट झलारीतर्फ गईरहेको से४प ८१८८ नम्बरको मोटरसाईकललाई ठक्करदिँदा चौधरीको घटनास्थलमै ज्यान गएको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।

ठक्कर दिने बसको नम्बर खुल्न नसकेको र अनुसन्धान जारी रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर भरत बहादुर शाहले जानकारी दिए । ‘अहिले ३/४ गाडी नियन्त्रणमा लिएका छौं । उनीहरुले स्वीकार गरेका छैनन् । थप अनुसन्धान भईरहेको छ’ इन्सपेक्टर शाहले भने ।

 

 

 

Logo