खेलकुदराष्ट्रिय/अन्तर्राष्ट्रिय

ए डिभिजन लिग: त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब बराबरी

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मी र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका हुन् । बराबरीपछि आर्मीले लिग तालिकाको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ ।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै फ्रेन्ड्सका देव लिम्बूले १० हजार रुपैयाँ पुरस्कार पाए । लिगमा ६ खेलबाट १४ अंक जोडेको आर्मी तालिकाको चौथो स्थानमा छ ।

Comment here

SKIP THIS