काठमाडौं । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउँदले डडेल्धुरा दुर्घटनाका घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । "/>

एनपी साउँदले भेटे डडेल्धुरा दुर्घटनाका घाइतेलाई

एनपी साउँदले भेटे डडेल्धुरा दुर्घटनाका घाइतेलाई


काठमाडौं । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउँदले डडेल्धुरा दुर्घटनाका घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । वीर अस्पतालमा उपचाररत डडेल्धुरामा बस दुर्घटनाका घाइतेहरुसँग भेट गरि पूर्व मन्त्री साँउदले सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

शनिबार वीर अस्पतालमा घाइतेहरुलाई भेट्दै पूर्वमन्त्री साउँदले आवश्यक परे पार्टीले उपचारका लागि आर्थिक सहयोग गर्ने समेत प्रतिवद्धता जर्ना । डडेल्धुरामा १८ जनाको ज्यान जानेगरि भएको दुर्घटनामा परि २७ जना भन्दा बढी घाइते भएका थिए ।

गम्भिर घाइतेहरुको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । डा‍. के आइ सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी ११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको थियो ।

 

Logo