काठमाडौँ

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज (आइतबार) पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । "/>

काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने

काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने


काठमाडौँ

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज (आइतबार) पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा काँग्रेसले आगामी महासमितिको बैठकमा प्रस्तुत गर्ने पार्टीको विधान मस्यौदा माथि छलफल हुनेछ ।

पार्टीका महामन्त्री पूर्णबहादुर खड्कको संयोजकत्वमा गठित विधानको मस्यौदा समितिले तयार पारेको मस्यौदालाई बैठकमा प्रस्तुत गरिने छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा विधानको मस्यौदा माथि छलफल गर्न र आवश्यक परेमा अध्ययनका लागि केन्द्रीय सदस्यलाई केही दिन समय दिने बताउनुभयो ।

Logo