काठमाडौँ

ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । "/>

गर्भवती र सुत्केरीलाई अब निःशुल्क हवाई उद्धार सेवा ( उपचार पाइने अस्पतालको सुचि सहित )

गर्भवती र सुत्केरीलाई अब निःशुल्क हवाई उद्धार सेवा ( उपचार पाइने अस्पतालको सुचि सहित )


काठमाडौँ

ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट सुरु गर्न लागेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७५’ पारित गरेको छ ।

कार्यविधिलाई अर्थ मन्त्रालयले समेत स्वीकृति दिइसकेको मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम शाखा प्रमुख अञ्जु ढुंगानाले बताइन् । उनका अनुसार मन्त्रालयले हवाई सेवा प्रदायक कम्पनी छनोट गर्न बोलपत्र आह्वानको तयारी गरिरहेको छ । त्यसको अवधि करीव ३ साताको हुनेछ । देशको कुनै पनि कुनामा रहेका गर्भवती तथा सुत्केरी महिला र शिशुको ज्यान जोखिममा नपरोस भनी राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हवाई उद्धार गर्न लागिएको उनले बताइन् । चालु आर्थिक वर्ष २०७५ / ७६ का लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमको ६० करोड रुपैयाँ बजेटबाट यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

कुन कुन अस्पतालमा हुनेछ उपचार
प्रदेश नं १ : कोशी अञ्चल अस्पताल (मोरङ)
प्रदेश नं २ : सगरमाथा अञ्चल अस्पताल (सप्तरी), जनकपुर अञ्चल अस्पताल (जनकपुर), नारायणी उपक्षेत्रीय अस्पताल (पर्सा)
प्रदेश नं ३ : परोपकार प्रशुती तथा स्त्रीरोग अस्पताल (थापाथली), भरतपुर अस्पताल चितवन
गण्डकी प्रदेश : पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा)
प्रदेश नं ५ : लुम्बिनी अञ्चल अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल, भेरी अञ्चल अस्पताल (बाँके)
कर्णाली प्रदेश : कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ष्ठान (जुम्ला), मध्यपश्चिम क्षेत्रीय अस्पताल (सुर्खेत)
सुदुरपश्चिम प्रदेश : सेती अञ्चल अस्पताल, धनगढी

नयाँ पत्रिकाबाट

Logo