काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरा बस दुर्घटनाका घाइतेहरुलाई भेटेका छन् । वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराईरहेका घाइतेहरुलाईको अवस्थाबारे जानकारी लिएका हुन् । "/>

डडेल्धुरा बस दुर्घटनालाई रामचन्द्र पौडेलले भेटे

डडेल्धुरा बस दुर्घटनालाई रामचन्द्र पौडेलले भेटे


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरा बस दुर्घटनाका घाइतेहरुलाई भेटेका छन् । वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराईरहेका घाइतेहरुलाईको अवस्थाबारे जानकारी लिएका हुन् । काठमाडौं ल्याईएका ७ जना घाईतेमध्ये ५ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र बाँकी २ जनाको अन्यत्र उपचार भईरहेको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहिबार बस दुर्घटना १८ जनाको मृत्यु भएको थियो । नेता पौडेलले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा विशेष ध्यान दिन ट्रमा सेन्टरलाई आग्रह गरेका छन् ।

दुर्घटनामा परी २५ जना यात्रु घाइते भएका छन् । उनीहरुको काठमाडौं, नेपालगञ्ज, धनगढी र डडेल्धुरामा उपचार भईरहेको छ । डोटीको पिसजोन विद्या निकेतन स्कूलको से १ क २९३ नम्बरको बस अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा लागेको मेलाबाट घर फर्किदै गर्दा दुर्घटनामा परेको थियो ।

 

Logo