चर्चित उपन्यासकार सुविन भट्टराईको उपन्यासमा आधारित चलचित्र ‘समर लभ’ को टिजर सार्वजनिक भएको छ । मुस्कान ढकाल निर्देशित यस चलचित्रमा सुविनकै लेखन रहेको छ । "/>

‘समर लभ’ को टिजरमा यस्तो देखियो आशिष र रेवतीको प्रेम (टिजरसहित)

‘समर लभ’ को टिजरमा यस्तो देखियो आशिष र रेवतीको प्रेम (टिजरसहित)


चर्चित उपन्यासकार सुविन भट्टराईको उपन्यासमा आधारित चलचित्र ‘समर लभ’ को टिजर सार्वजनिक भएको छ । मुस्कान ढकाल निर्देशित यस चलचित्रमा सुविनकै लेखन रहेको छ ।

सायाको भूमिका रेवती क्षेत्रीले र अतितको भूमिका आशिष पियाले निभाएका छन्  । दुबैको यो डेब्यु चलचित्र हो।  चलचित्रमा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिसिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् । ‘प्रेम एकथोक बनेर आउँछ, अनि सबथोक लिएर जान्छ’, लगायतका मन छुने संवादहरु टिजरमा समावेश छन् ।

यो चलचित्र प्रेम कथामा आधारित छ । मन कृष्ण महर्जनले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरुेको चलचित्रमा सामीप्यराज तिमल्सिनाको पटकथा रहेको छ ।

समर लभ माघ २५ अर्थात ‘भ्यालेन्टाइन डे’ मा प्रर्दशन हुदैँछ ।

Logo