एउटा सहकारी संस्थाको पदाधिकारी बन्न जनप्रतिनिधिदेखि पत्रकारसमेतको तछाडमछाड भएको सुन्दा अनौठो लाग्न सक्छ । अझ एउटै घरबाट ३ जनाको उमेदवारी परेको सुन्दा अपत्यारिला नै लाग्न सक्छ। "/>

सहकारीको पदाधिकारी बन्न वडाध्यक्षदेखि पत्रकारसमेतको तछाडमछाड

सहकारीको पदाधिकारी बन्न वडाध्यक्षदेखि पत्रकारसमेतको तछाडमछाड


एउटा सहकारी संस्थाको पदाधिकारी बन्न जनप्रतिनिधिदेखि पत्रकारसमेतको तछाडमछाड भएको सुन्दा अनौठो लाग्न सक्छ । अझ एउटै घरबाट ३ जनाको उमेदवारी परेको सुन्दा अपत्यारिला नै लाग्न सक्छ। तर यो साँचो हो ।  

मकवानपुरको थाहा नगरपालिका स्थित पालुङ बहुउद्धेश्यीय सहकारी सस्थाको पदाधिकारी बन्न इच्छुकहरुको यतिबेला हेर्नलायक तछाडमछाड छ। मंसिर ८ गते (आज) तोकिएको सञ्चालक समिति निर्वाचनका लागि बिभिन्न पदमा उम्मेद्वारी दिने अन्तिम दिन शुक्रबार थियो।  

सस्थाको अध्यक्ष पदका लागि पुरुषोत्तम कार्की र विमलकुमार ढकालले उम्मेद्वारी दिएका छन्। कार्की पूर्व उपाध्यक्ष हुन् भने ढकाल पूर्व अध्यक्ष हुन् ।उपाध्यक्ष पदमा कृष्णबहादुर विष्टले एक्लैले उमेदवारी दिएपछि निर्विरोध भएका छन्।  

त्यसै गरि एक जना सचिबका लागि शशिधर सुवेदी र अरुण रायमाझीले उमेदवारी दिएका छन् । सुबेदी थाहानगरपालिका ६ का वडाअध्यक्ष हुन्।  त्यसै गरि कोषाध्यक्षमा कविराज खत्री, गुप्तबहादुर कार्की, मधुसूदन रायमाझी र सानुकाजी गोपालीको उमेदवारी परेको छ । कार्की वडा नंं २ का वडा अध्यक्ष हुन्। 

त्यस्तै ५ जनाको सदस्य पदमा १५ जनाले उम्मेदवारी दिएका छन् । जानुका ढकाल, रजिता ढकाल, अम्बिका लामिछाने, सुमित्रा केसी, आरती श्रेष्ठ र सीता ढकालले ३ महिला सदस्य अन्तर्गत उम्मेद्वारी दिएका छन् । जानुका ढकाल नगर कार्यपालिका सदस्य हुन् । त्यस्तै २ जना खुल्ला सदस्य अन्तर्गत कुमार नेगी, राजाराम केसी, रामशरण बस्नेत, ज्ञानेश्वर ढकाल, नवराज विष्ट, सुमन कार्की, पुरुषोत्तम ढकाल, सुकेस कर्माचार्य र जर्मलाल श्रेष्ठको उमेदवारी परेको छ । नेगी पत्रकार हुन्। 

त्यसै गरि लेखा सुपरीवेक्षण समितिको संयोजकमा अच्युत्तमप्रसाद ढकाल र उमेशप्रसाद ढकालले उमेदवारी दिएका छन् । लेखा सुपरीवेक्षण समितिका दुई सदस्यहरु ईच्छापूर्ण कार्की र घनश्याम अमात्यले उम्मेदवारी दिएका छन् । कार्की पनि पत्रकार हुन्।  

अध्यक्ष पदका उमेदवार विमलकुमार ढकाल, खुल्ला सदस्य पदका उमेदवार पुरुषोत्तम ढकाल र महिला सदस्य पदका उमेदवार सीता ढकाल एकै घरका पारिवारिक सदस्यहरु हुन् ।

२०५६ सालमा स्थापना भएको यो संस्थाका पदाधिकारीहरु बीच ठूलो असन्तुष्टी रही आएको छ । त्यसकारण पनि सस्थाको नेतृत्वमा पुग्न हानाथाप भएको एक प्रतिस्पर्धी उम्मेदवारले जानकारी दिए।

Logo