लहान

सप्तरीको राजविराज–हनुमाननगर सडकखण्डको हनुमाननगर कङ्कालनी नगरपालिका–१० इनरुवामा शुक्रबार तीर्थयात्री बोकेको बस दुर्घटना  हुँदा ५ जनाको मृत्यु भएको छ। "/>

तीर्थयात्री बोकेको बस राजविराजमा दुर्घटना : ५ जनाको मृत्यु

तीर्थयात्री बोकेको बस राजविराजमा दुर्घटना : ५ जनाको मृत्यु


लहान

सप्तरीको राजविराज–हनुमाननगर सडकखण्डको हनुमाननगर कङ्कालनी नगरपालिका–१० इनरुवामा शुक्रबार तीर्थयात्री बोकेको बस दुर्घटना  हुँदा ५ जनाको मृत्यु भएको छ।

को १ ख २७९९ नं को बस सडक छेउको पोखरीमा खसेको हो । मृतकको सनाखत हुन नसकेको सप्तरीका प्रहरी नायब उपरीक्षक भवेश रिमालले जानकारी दिनुभयो । बसमा सवार अन्य यात्रु घाइते भएका छन् । तीर्थयात्री सुनसरीको चतरास्थित बराहक्षेत्रको मेला भरेर घर फर्किंदै थिए । 

मृत्यु हुनेमा डाकनेश्वरी ५ की ७० बेचनीदेवी यादव, ६० वर्षीय सिकलादेवी साह, दिनेश रजक, रजककी पत्नी नाम नखुलेको र ठकनी देवी रहेका छन् । दुर्घटनामा परी डेढ दर्जन यात्रु भएका छन् । जस मध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई रिफर गरिएको गजेन्द्र नारायण अस्पतालले जानकारी दिएको छ। 

 

 

Logo