काठमाडौँ महानगरपालिका वडा नं २४ इतुंबहालमा रहेको पारावत महाविहारको कुलदेवता घर पुनःनिर्माणका लागि आज शिलान्यास गरिएको छ । "/>

कामपाका मेयर शाक्यद्वारा कुलदेवता घरको शिलान्यास

कामपाका मेयर शाक्यद्वारा कुलदेवता घरको शिलान्यास


काठमाडौँ महानगरपालिका वडा नं २४ इतुंबहालमा रहेको पारावत महाविहारको कुलदेवता घर पुनःनिर्माणका लागि आज शिलान्यास गरिएको छ । 

देवता घरको शिलान्यास गर्दै काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण महानगरको दायित्व रहेको बताउँदै यस्ता अमूल्य सम्पत्ति बचाउन कसैसँग आर्थिक सहयोगको अपेक्षा नगरिने बताए । 

आफ्ना क्षेत्रमा भएका सम्पदा जोगाउने स्रोत महानगर आफैँले व्यहोर्छ । “हामीलाई चाहिने सहयोग भनेको सहभागिताको हो”, प्रमुख शाक्यले भने । निर्माणका लागि ए टु जेड जेभीले पुनःनिर्माणको जिम्मेवारी पाएको छ । भवन अबको करीब तीन वर्षमा सम्पन्न हुने जनाइएको छ । 

कार्यक्रममा सङ्घीय सांसद रामवीर मानन्धरले आफू दलीय संयन्त्रमा रहँदादेखि नै भौतिक सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा लागिपरेको भन्दै आगामी दिनमा पनि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

यस भवनको निर्माणमा लाग्ने खर्च महानगरको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले व्यहोर्ने पनि कार्यक्रममा जानकारी दिइएको छ । उक्त देवता घरमा विसं २०७२ को भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको थियो ।

Logo