आईसीसी महिला विश्वकप: उपाधिका लागि इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

आईसीसी महिला विश्वकप: उपाधिका लागि इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै


आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत इंग्ल्याण्डले भारतलाई ८ विकेटले पराजित गर्यो भने अष्ट्रेलियाले वेष्ट इन्डिजलाई ७१ रनले जित हात पार्यो।  यो संगै अब उपाधिका लागि इंग्ल्याण्ड र अष्ट्रेलिया खेल्ने भएका छन् । 

टस जितेर पहिले ब्याटिङ गरेको भारत १९ ओभर तीन बलमा एक सय १२ रनमा अलआउट भयो । भारतका लागि तानीया भाटियाले ११ रन बनाइन् भने स्मृति मन्दानाले ३४ रनको योगदान गरिन् । यस्तै जेमिमा रोद्रिगुइजले २६ रन बनाउदा हरप्रित कौरले १६ रन जोडिन् । बलिङतर्फ इंग्ल्याण्डका लागि हिथर नाइटले तीन तथा क्रिस्टि गोरडोन र सोफिले दुई दुई विकेट लिए । जवाफमा खराब सुरुवात गरेपनि इंग्ल्याण्डले १७ ओभर एक बलमा दुई विकेट गुमाउदै लक्ष्य पूरा गर्‍याे । 

 यसअघि भएको खेलमा साविक विजेता वेष्ट इन्डिजलाई हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४२ रन बनायो । उसका लागि एलिसा हेलीले ४६ तथा कप्तान मेग लानीङले ३१ र रिचेल हानेसले २५ रन बनाइन् ।

जवाफमा एक सय ४३ रनको लक्ष्य पक्ष्याएको घरेलु टिम वेष्ट इन्डिज १७ ओभर तीन बलमा मात्र ७१ रनमा अलआउट भयो ।

Logo