किष्ट बैंक घोटाला काण्ड: नायव महाप्रबन्धकसहित २ जना पक्राउ

किष्ट बैंक घोटाला काण्ड: नायव महाप्रबन्धकसहित २ जना पक्राउ


किष्ट बैङ्क घोटाला काण्डमा तत्कालिन नायव महाप्रबन्धक बीएन घर्ती र डेपुटी जनरल म्यानेजर प्रविन श्रेष्ठ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको हो । उनीहरु पक्राउ परेकाबारे सीआईबीका एसपी सुदीप गिरीले पुष्टि गरेका छन् ।

किष्ट बैङ्क घोटाला काण्डमा तत्कालीन प्रबन्धसञ्चालक कमलप्रसाद ज्ञवालीसँगै तत्कालीन नायब महाप्रबन्धक बीएन घर्तीसहित मुछिएका थिए । ज्ञवालीले जम्बो प्रकाशन प्रालिलाई कमसल धितो राखी १४ करोड ऋण दिलाएका थिए ।

यही काण्डमा तत्कालीन बैङ्कका प्रबन्ध सञ्चालक ज्ञवालीलाई गत असोज १९ गते भारतबाट पक्राउ गरेर ल्याएको थियो । पुनरावेदन अदालत पाटनले बैंकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालकसहित आठ जनलाई कैद र जरिवानाको फैसला गरेको थियो। नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई चार वर्ष कैद र १५ करोड जरिवाना तिराउने फैसला गरेको थियो ।

Skip This
Logo