संखुवासभा

जिल्लामा निर्माण हुने भनिएको ७२५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाइएको छ । "/>

७२५ मेगावाटको माथिल्लो अरुण आयोजनाको काम अघि बढ्यो

७२५ मेगावाटको माथिल्लो अरुण आयोजनाको काम अघि बढ्यो


संखुवासभा

जिल्लामा निर्माण हुने भनिएको ७२५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाइएको छ । प्राधिकरणले आयोजनाको २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न सूचना आव्हान गरिसकेको जनाएको छ । इच्छुक कम्पनीले आगामी २० पुस भित्र आवेदन दिन सक्ने आयोजनाले जनाएको छ ।

किमाथाङ्का–जोगवनी सडक खण्डको कोशी राजमार्ग सडक अन्तर्गत गोला र बरुण बजार बीचमा पर्ने छङ्ग्रानबाट आयोजनाको बाँधस्थल चेपुवा नजिकसम्म पुग्ने सडकमा २ किलोमिटर सुरुङ र २ वटा पक्की पुल निर्माण गर्नु पर्नेछ ।

चीनसँगको नाका जोड्ने कोशी राजमार्गको निर्माण सरकारले गरिरहेको छ । इच्छुक कम्पनीको प्रस्ताव मूल्याङकन गरी पूर्व योग्यतामा सफल भएका कम्पनीसँग आगामी चैतको पहिलो साता भित्रमा टेण्डर आव्हान गर्ने कार्यतालिका तयार भइरहेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले बताए ।

सरकारले प्राधिकरणको सहायक कम्पनी मार्फत आयोजना निर्माण गर्ने निर्णय गरेको हो । प्राधिकरणले आयोजना निर्माण गर्न माथिल्लो अरुण जलविद्युत लिमिटेड नामक कम्पनी स्थापना गरिसकेको ऊर्जाका सहसचिव घिमिरेले बताए ।

सरकारले फागुन २०६९ मा आफ्नो स्वामित्वमा रहने गरी प्राधिकरण मार्फत आयोजना निर्माण गर्ने निर्णय गरेको हो । कम्पनीले २०७३ को चैतमा लाइसेन्सका लागि विद्युत विकास विभागमा आवेदन दिइसकेको जनाएको छ । मन्त्रिपरिषदबाट निर्णय भइसकेकाले आयोजनाको लाइसेन्स पनि अब प्राप्त हुने ऊर्जा मन्त्रालयका सहसचिव घिमिरेले बताए । दातृनिकाय विश्व बैंकको सहुलियत पूर्ण ऋणमा आयोजनाको अहिले विस्तृत अध्ययन भइरहेको छ ।

यो काम सन् २०२० को फेब्रुअरीमा सक्ने लक्ष्य राखिएको छ । सन् १९८५ मा गरिएको कोशी बेसिन मास्टर प्लानबाट माथिल्लो अरुण अर्धजलाशययुक्त आयोजनाको रुपमा पहिचाहन भएको सहसचिव घिमिरेले बताए ।
राजधानीबाट

Logo