डडेल्धुरा

डडेल्धुराको अमरगढी नगरपालिका–११ स्थित रडुवा खोलमा बिहिबार साँझ स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । "/>

डडेल्धुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो : पछिल्लो अपडेट

डडेल्धुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो : पछिल्लो अपडेट


डडेल्धुरा

डडेल्धुराको अमरगढी नगरपालिका–११ स्थित रडुवा खोलमा बिहिबार साँझ स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

डडेल्धुरामा रहेको उग्रतारा भगवती मेला हेरेर डोटी फर्कने क्रममा करिब बेलुकी ५ः४० बजे डोटी स्थित पिसजोन एकेडेमीको से १ क २९३ नं को स्कुल बस दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्बर बहादुर केसीले जानकारी दिए । उद्धार गरिएका घाइतेहरुको अहिले उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

दुर्घटनास्थलमा अहिले तीन वटै सुरक्षा निकाय र स्थानीय वासिन्दा उद्धार कार्यमा खटिएका छन् । बस सडकबाट तीन सय मिटर तल खोलामा खसेको छ । क्षमता भन्दा बढी विद्यार्थी बसमा सवार भएका कारण गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर दुर्घटनाको बिस्तृत विवरण भने आउन बाँकी छ । बसमा सवार यात्रुको संख्या एकिन हुन नसकेपनि विद्यार्थी तथा शिक्षक गरी करिब ३० भन्दा बढी सवार रहेको जनाइएको छ ।

Logo