नेपाल सरकारका पूर्व सचिव एवम् योजनाविद भीम उपाध्यायले मेलम्चीको खानेपानी आउनै लागेको बताएका छन् । पाइप जडान गर्ने काम सकिएकाले अब छिटै नै काठमाडाै‌मा मेलम्चीको खानेपानी आउने बताएका हुन् । "/>

‘बिजुलीको समस्या कुलमानले हटाए, पानीको समस्या मेलम्चीले हटाउँछ’ (भिडियो अन्तवार्ता)

‘बिजुलीको समस्या कुलमानले हटाए, पानीको समस्या मेलम्चीले हटाउँछ’ (भिडियो अन्तवार्ता)


नेपाल सरकारका पूर्व सचिव एवम् योजनाविद भीम उपाध्यायले मेलम्चीको खानेपानी आउनै लागेको बताएका छन् । पाइप जडान गर्ने काम सकिएकाले अब छिटै नै काठमाडाै‌मा मेलम्चीको खानेपानी आउने बताएका हुन् ।

विगतका केहि वर्षदेखि नै काठमाडाै‌मा पानीको अभावले गर्दा मेलम्चीको पानी ल्याउन लागेको भएपनि अहिले सम्म आइपुगेको छैन । तर अबको केहि समयमै काठमाडाै‌बासीहरुले मेलम्चीको स्वच्छ पानी पिउन पाउने बताएका हुन् ।

पानी एकपटक ल्याइसकेपछि कहिल्यै समस्या नपर्ने पनि उनले बताए । एक तिरबाट पाइपलाइन बिग्रिने समस्याहरु आए पनि अर्काे पाइपलाइन साथमै राखिएको कारणले गर्दा लगातार आइराख्ने उनले बताए ।

बिश्वकै दोश्रो ठुलो र दक्षिण एसियाकै पहिलो ठूलो पानी टर्नेलको रुपमा मेलम्ची खानेपानी टर्नेल बनेको उनले बताए । विश्वकै सुरक्षित खानेपानी टर्नेल बनेको पनि उनले बताए । काठमाडाै‌मा मुख्य तीन कुराहरुको आवश्यकता रहेको बताउँदै उनले सडक, खानेपानी र बिजुलीको समस्या अब स्वतः घट्दै जाने बताए ।

Logo