कलाचलचित्र

फ्राइडे फिल्म: नम्रता र झरनाको प्रतिस्पर्धा

आज शुक्रबार (मसिंर २१ गते) सिनेमा हलहरुमा दुइ चलचित्र प्रर्दशनमा आएको छ ।

प्रसाद 

सामाजिक कथा वस्तुमा निर्माण भएको चलचित्र ‘प्रसाद’ प्रर्दशनमा आएको छ ।

दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ मा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतको मुख्य भूमिका रहको छ । सञ्चारकर्मी समेत रहेका शुसिल पौडेलले यो चलचित्रको कथा लेखेका छन् । प्रसादलाई सुभाष थापाले निर्माण गरेका हुन् भने राजेश श्रेष्ठले खिचेका हुन् । लोकेश बज्रचार्यले सम्पादन गरेको यो चलचित्रमा बसुन्धरा भुषाल, बिनोद भट्टराई, प्रकाश गन्र्धव, लोकमान सापकोटा, अचुत उप्रेती भोला शाह लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

प्रसादमा समाबेश ‘लै लै’ बोलको गीतले यो चलचित्र प्रर्दशन हुनु अघि नै निकै चर्चा बटुलेको छ । चलचित्र प्रसादमा निःसन्तान दम्पतीले भोग्नु परेको पीडालाई प्रस्तुत गरिएको छ ।

झिल्के

यो साता चलचित्र ‘झिल्के’ पनि प्रर्दशनमा आएको छ । लेखमान योञ्जन निर्देशित यस चलचित्रको कथा लेखमानले नै लेखेका हुन् ।

चलचित्रमा सुमन योञ्जनको छायांकन, कुमार श्रेष्ठको द्वन्द  र हेमन योञ्जनको सम्पादन रहेको छ । साथै यस चलचित्रमा निर्देशक तथा नायिका झरना थापा मुख्य भूमिकामा रहेकी छिन् ।

 

यो पनि

चलचित्र ‘प्रसाद’मा हेर्नलायक ५ कुरा

Comment here

SKIP THIS