शहिद ए डिभिजन लिगमा जारी खेलमा थ्री स्टारविरुद्ध मनाङ मर्स्याङ्दी क्लबले अग्रता लिएको छ। एन्फा मैदान सातदोबाटोमा जारी खेलमा मनाङका लागि अञ्जन बिष्टले एक गोल गरे भने अर्को एक गोल उपहारका रुपमा पाएको छ । "/>

रोमाञ्चक खेलमा मनाङ मर्स्याङ्दीको अग्रता

रोमाञ्चक खेलमा मनाङ मर्स्याङ्दीको अग्रता


शहिद ए डिभिजन लिगमा जारी खेलमा थ्री स्टारविरुद्ध मनाङ मर्स्याङ्दी क्लबले अग्रता लिएको छ। एन्फा मैदान सातदोबाटोमा जारी खेलमा मनाङका लागि अञ्जन बिष्टले एक गोल गरे भने अर्को एक गोल उपहारका रुपमा पाएको छ । अहिले पहिलो हाफको खेल चलिरहेको छ।

यी दुवै टिम कट्टर प्रतिद्वन्द्वीको रुपमा चिनिन्छन। अहिले थ्रीस्टार लिगको शीर्ष स्थानमा र मनाङ दोस्रो स्थानमा छन् । थ्रीस्टारले यसअघिका दुवै खेल जित हात पार्दै ६ अंकका साथ् शीर्ष स्थानमा रहेको छ भने मनाङले पनि दुवै खेलमा जित हात पार्दै ६ अंक बनाएका छन्। तर गोलअन्तरका आधारमा मनाङ् दोस्रो स्थानमा रहेको छ ।

यो खेल जित्न सके मनाङ तालिकाको शीर्षस्थानमा उक्लिने छ ।

Logo