बलिउड अभिनेत्री प्रियंका चोपडा र उनको अमेरिकी प्रेमी निक जोनासको विवाह मिति तय भएको छ । उनीहरुको विवाह पनि दीपिका पादुकोण र रणवीर सिंहको जस्तै दुई तरिकाले हुने भएको छ । "/>

दुई तरिकाले विवाह गर्दै प्रियंका, मिति तोकियो

दुई तरिकाले विवाह गर्दै प्रियंका, मिति तोकियो


बलिउड अभिनेत्री प्रियंका चोपडा र उनको अमेरिकी प्रेमी निक जोनासको विवाह मिति तय भएको छ । उनीहरुको विवाह पनि दीपिका पादुकोण र रणवीर सिंहको जस्तै दुई तरिकाले हुने भएको छ ।

पहिलो विवाह भारतीय रितिरिवाज र दोस्रो विवाह क्रिश्चियन रितिरिवाज अनुसार हुने बताइएको छ । उनीहरुले केही समय अगाडि इन्गेजमेन्ट गरेका थिए । आउदो ३ डिसेम्बरमा भने उनीहरुले क्रिश्चियन रितिरिवाज अनुसार विवाह गर्ने भारतीय मिडियामा उल्लेख गरिएको छ । निक र पिंयंकाको विवाह जोधपुरस्थित उम्मेद भवन प्यालेसमा तिन दिनसम्म चल्नेछ ।

देशी गर्ल प्रियंका र अमेरिकी बाबु निक जोनासको विवाह आउन १२ मात्र दिन बाँकीे रहदा विवाहको सम्पूर्ण तयारी धमाधम चलिरहेको छ । निकले उनीहरुको विवाहको संगीत सेरेमनीको लागि प्रियंकाकै हिन्दी फिल्मको गीतमा डान्स सिक्दै छन् । जसलाई गणेश हेगडेले कोरियोग्राफी गरेका छन् ।

प्रियंकाको विवाहको ड्रेस ट्रूजो डिजाइनर अबू जानी र सन्दीप खोसलाले तयार पारेका छन् । विवाहको तयारी चलिरहदा प्रियंका सोनाली बोस निर्देशित फिल्म ‘द स्काई इज प्रिक’ को सुटिङ समेत गरिरहेकी छिन् । हाल प्रियंका पेरिसमा आफ्नो विवाहको लागि सपिङ गरेर भारत फर्किएकी छन् ।

Logo