Cover Newsराष्ट्रियसमाचार

सामाजिक सुरक्षा योजनामा १९६ उद्योग आबद्ध

सरकारको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’मा एक सय ९६ उद्योग–प्रतिष्ठान आबद्ध भएका छन् । सामाजिक सुरक्षा कोषले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मंसिर २० गतेसम्म आबद्ध उद्योग–प्रतिष्ठानहरुको सूची सार्वजनिक गरेको हो।

कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले मंसिर ६ गतेदेखि सो कार्यक्रममा सामेल हुन आवेदन खुला गरिएको पनि बताए । त्यसैगरी १ सय ९४ जना रोजगारदाता पनि सो कार्यक्रमको सूचीकरण प्रक्रियामा सामेल भएका छन् । सूचीकरण प्रक्रियालाई सहज बनाउन अनलाइन सेवा संचालन गरिएको पनि कोषले जनाएको छ ।

कोषका कार्यकारी निर्देशक अधिकारीले कोषले ३ महिनाभित्र संस्थाका कार्यरत श्रमिक तथा कर्मचारीको सूचीकरण गरिसक्नु पर्ने व्यवस्था गरिएको पनि जानकारी दिए । प्रदेश ३ का रोजगारदाताले कोषमा अवद्ध हुन मंसिर १५ देखि फागुन १५ भित्र, प्रदेश १ काले पुस १ देखि चैत १ सम्म, प्रदेश २ काले पुस १५ देखि चैत १५ सम्म र गण्डकी एवं प्रदेश ५ का बासिन्दाले माघ १ देखि बैशाख १ गते तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका रोजगारदाताले माघ १५ देखि वैशाख १५ भित्र कोषमा निवेदन दर्ता गराउनुपर्छ ।

योजनाको गत मंसीर ११ गते कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । कोषमा रोजगारदाताको २० प्रतिशत र श्रमिकको ११ प्रतिशत गरी ३१ प्रतिशत योगदान रहने व्यवस्था गरिएको छ ।

Comment here

SKIP THIS