File Photo

काठमाडौं । उच्च अदालत पाटनले दिउँसो पनि टिपर चलाउन पाउनुपर्ने भन्दै दायर गरिएको रिट खारेज गरिदिएको छ । "/>

दिउँसो टिपर चलाउन पाउनुपर्ने मागको मुद्दा खारेज, ‘पेशाभन्दा बाँच्न पाउने अधिकार ठूलो’- अदालत

दिउँसो टिपर चलाउन पाउनुपर्ने मागको मुद्दा खारेज, ‘पेशाभन्दा बाँच्न पाउने अधिकार ठूलो’- अदालत


File Photo

काठमाडौं । उच्च अदालत पाटनले दिउँसो पनि टिपर चलाउन पाउनुपर्ने भन्दै दायर गरिएको रिट खारेज गरिदिएको छ । मान्छेको पेशाभन्दा मान्छेको बाँच्न पाउने अधिकार ठूलो भएको ठहर गर्दै न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले पहिलो सुनुवाईमै रिट खारेज गरिदिएका हुन् ।

काठमाडौं उपत्यकामा निर्वाध रुपमा दिउँसो पनि टिपर चलाउन पाउनुपर्ने मागदाबीसहित ट्रक तथा टिपर व्यवसायीका तर्फबाट विरुण कन्स्ट्रक्सनले मंसिर ४ गते रिट दायर गरेको थियो।

अदालतले व्यक्तिको बाँच्न पाउने अधिकारभन्दा पेशा व्यवसायको अधिकार ठूलो नभएको भन्दै रिट खारेज गरिदिएको उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले जानकारी दिए । पेशा व्यवसाय संवैधानिक अधिकार भएपनि बाँच्न पाउने नागरिकको अधिकार सबैभन्दा महत्वपूर्ण भएको अदालतको ठहर छ। अदालतले विपक्षीसँग जवाफ समेत माग्नु नपर्ने ठहर गर्दै रिट खारेज गरेको हो।

अदालतले व्यवसायको अनुमति दिने र नियमन गर्न पाउने अधिकार सरकारसँग हुने भन्दै रिट खारेज गरेको अदालतको ठहर छ । पेशा व्यवसाय गर्न पाउने संवैधानिक हक हनन् गर्नेगरि सरकारले टिपर सञ्चालनको समय तोकेको भन्दै रिट दर्ता भएको थियो। अदालतले टिपर सञ्चालनका लागि सरकारले तोकेको समयभित्र पालना गर्नु व्यवसायीको कर्तव्य भएको समेत बताएको छ।

सरकारले उपत्यकामा दिउँसोका समयमा टिपर चलाउन रोक लगाएको छ । दिउँसो चलाउँदा दुर्घटना बढेको भन्दै सञ्चालनमा समयसीमा तोकेको थियो। अहिले बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन अनुमति दिएको छ।

Logo