भक्तपुर

भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा बुधबार चोरी भएको छ । सूर्यविनायाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । "/>

उपमेयरको घरबाट १६ लाख बराबरको धनमाल चोरी

उपमेयरको घरबाट १६ लाख बराबरको धनमाल चोरी


भक्तपुर

भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा बुधबार चोरी भएको छ । सूर्यविनायाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठले दिनदाहाडै जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गर्नुभएको छ ।

बुधबार प्रेस बिज्ञप्ती जारी गर्दै उहाँले ढोका फोडेर भएको चोरीको निन्दा गर्दै यथासीघ्र अनुसन्धान गरी चोरी गर्नेलाई नियन्त्रणमा लिन माग गर्नु भएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो ।

तीस तोला सुनका गहना चोर्ने पक्राउ

यसैविच कन्चनपुरको कृष्णपुर नगरपालिका– ८ का हर्कबहादुर कामीको घरबाट सुनका तयारी अवस्थाका ३० तोला गहना चोरी गर्ने तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

गहना बेच्दै हिँडेको अवस्थामा चोरीमा संलग्न कृष्णपुर नगरपालिका–९ का २८ वर्षीय वासुदेव अवस्थी र कैलालीको गोदावरी नगरपालिका–९ बस्ने २३ वर्षीय दीपकबहादुर बमलाई प्रहरीले गहना सहित पक्राउ गरेको हो । घरमा कोही नभएका बेला ढोकाको ताला फुटालेर गहना चोरी गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

चोरीको गहना सस्तोमा किन्ने कैलालीको धनगढी उपमहानगरपालिका–३ का सुर्मादेवी सुनचाँदी गहना पसलका सञ्चालक ३५ वर्षीय दीपेन्द्र सोवलाई समेत प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्नबाट प्रहरीले सुनको तिलहरी छड्के एक थान, सानो तिलहरी थान एक, औंठी विना पत्थरको थान एक, जुली एक सेट दुई थान, सिरफुल चन्द्रमा थान एक, बालि दुई जोर चार थान, नाकको फुली एक थान, चाँदीको हार थान एक र चाँदीका सिक्का २६ थान बरामद गरेको छ ।

गहना चोरी भएका हर्कबहादुर कामीले प्रहरीमा दिएको जाहेरी अनुसार सुनका १५ थान गहना झण्डै ३० तोला, चाँदीका १० तोलाका सिक्का, चाँदीको २०० ग्रामको पाउजु र ५० हजार चोरी भएको थियो । चोरीमा संलग्न र चोरीका गहना खरिद गर्ने तीनै जनालाई इपका झलारीको हिरासतमा राखिएको छ ।

रासस

Logo