वनअपले आयोजना गर्न लागेको चौथो मेघा अष्ट्रेलीया एजुकेशन फेयर २०१८ भोलिबाट शुरु हुने भएको छ । काठमाण्डौको होटल अन्नपुर्ण परिसर भित्र संचालन गरिने उक्त शैक्षिक मेला बिहिबार र शुक्रबार चल्ने आयोजकले जनाएको छ । "/>

चौथो मेघा अष्ट्रेलिया एजुकेशन फेयर भोलिबाट

चौथो मेघा अष्ट्रेलिया एजुकेशन फेयर भोलिबाट


वनअपले आयोजना गर्न लागेको चौथो मेघा अष्ट्रेलीया एजुकेशन फेयर २०१८ भोलिबाट शुरु हुने भएको छ । काठमाण्डौको होटल अन्नपुर्ण परिसर भित्र संचालन गरिने उक्त शैक्षिक मेला बिहिबार र शुक्रबार चल्ने आयोजकले जनाएको छ । बिहिबार विहान १० बजेबाट उक्त मेला शुरु हुन लागेको हो ।

उच्च शिक्षा हाँसिल गर्न अष्ट्रेलिया जान चाहाने विद्यार्थीहरुलाई लक्षित गरेर यस शैक्षिक मेलाको आयोजना गर्न लागिएको हो। बिहिबार विहान १० बजेपछि अष्ट्रेलिया जान चाहाने विद्यार्थीहरुले आफुलाई आवस्यक कुराहरु उक्त शैक्षिक मेलामा गएर बुझ्न सक्ने छन् ।

जुन पायो त्यही कलेज तथा इन्स्टिच्युटहरुबाट अष्ट्रेलिया जाँदा नेपाली विद्यार्थीहरुलाई परेको समस्याका कारणले गर्दा नै उचित स्थानबाट जान आग्रह गर्दै उचित परामर्श लिन पनि यस मेलाले सहयोग पुर्याउने आयोजकको बिश्वास छ ।

Logo