काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको गलत कार्य प्रणालीका कारण देशमा राजतन्त्रवादीहरू सलबलाउन थालेको बताएका छन् । "/>

यहि अवस्था हो भने राजतन्त्र ब्युँतिने खतरा छ : चित्रबहादुर केसी

यहि अवस्था हो भने राजतन्त्र ब्युँतिने खतरा छ : चित्रबहादुर केसी


काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको गलत कार्य प्रणालीका कारण देशमा राजतन्त्रवादीहरू सलबलाउन थालेको बताएका छन् । राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौंले मंगलबार गरेको कार्यक्रममा पार्टीको अवधारणापत्र सार्वजनिक गर्दै उनले यस्तो खतरा औँल्याएका हुन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले भारतमा हिन्दूवादीहरूको सरकार भएकाले नेपालमा पनि पूर्वराजा र राजावादीहरू हिन्दू धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहेको बताए । ‘अहिले पूर्वराजा र राजावादीहरू नेपालमा धर्मको नाममा राजनीति गरिरहेका छन्  । र भारतको अनुकूलतामा नेपालमा संघीयता आएकाले यो व्यवस्था कमजोर हुन्छ । त्यही कमजोरी माथि टेकेर राजतन्त्र ब्युँतिने खतरा पनि उत्तिकै छ । संघीयता खारेजी नगरीकन नेपालमा गणतन्त्र सुदृढ हुने अवस्था देखिँदैन,’ उनले भने ।

जनताको अवस्थामा परिवर्तन आउन सकेन

नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले सही वस्तुगत अवस्था नभई जनवादी गणतन्त्र आउने अवस्था नभएको हुँदा तत्काल यही गणतान्त्रिक व्यवस्थालाई नै सुदृढ गर्दै अघि बढ्नु पर्नेमा जोड दिए । राष्ट्रिय जनमोर्चाकी नेतृ रितु केसीले शासन व्यवस्थामा परिवर्तन आए पनि जनताहरूको अवस्थामा कुनै किसिमको परिवर्तन हुन नसकेको बताइन् ।
नयाँ पत्रिकाबाट

Logo