काठमाडौं । नवौं संस्करणको रम पम विन्ध्यवासिनी म्युजिक अवार्ड यस पटक विभिन्न ३१ विधामा प्रदान गरिने भएको छ । ७ मंसिरमा कमलदीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने समारोहको तयारी अन्तिम चरणमा पुगेको अवार्ड संयोजक सुवास रेग्मीले जानकारी दिए । "/>

नवौं संस्करणको रम पम विन्ध्यावासिनी म्युजिक अवार्ड ३१ विधामा

नवौं संस्करणको रम पम विन्ध्यावासिनी म्युजिक अवार्ड ३१ विधामा


काठमाडौं । नवौं संस्करणको रम पम विन्ध्यवासिनी म्युजिक अवार्ड यस पटक विभिन्न ३१ विधामा प्रदान गरिने भएको छ । ७ मंसिरमा कमलदीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने समारोहको तयारी अन्तिम चरणमा पुगेको अवार्ड संयोजक सुवास रेग्मीले जानकारी दिए ।

उनका अनुसार प्रतिस्पर्धामा रहेका गीत, संगीत र एल्बम निर्णायकको ५० प्रतिशत, एसएमएस भोटका आधारमा ४५ प्रतिशत र आयोजकबाट आएको ५ प्रतिशत अंकको आधारमा सर्वोत्कृष्ट छानी अवार्ड प्रदान गरिनेछ ।

आयोजक संस्था विन्ध्यवासिनी फाउन्डेसनले समारोहमा यस वर्ष नगद १ लाख रुपैयाँसहितको यो वर्षको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड–२०७५’ बाट संगीतकार शक्ति बल्लभ श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।

फाउन्डेसनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली संगीत क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका कारण शक्ति बल्लभलाई सम्मान गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिईन् ।

यसपटक १५ हजार ५१५ रुपैयाँको ‘संगीत रत्न सम्मान–२०७५’ सहित गायक सुगम पोखरेल सम्मानित हुनेछन् । सोही कार्यक्रममा २५ हजार ५२५ रुपैयाँसहितको ‘कला पत्रकारिता सम्मान’ बाट रमण घिमिरे र १० हजार १ रुपैयाँसहितको चलचित्र सम्मानबाट निर्देशक मिन भामलाई सम्मानित गरिने भएको छ ।

‘हामीले जय गीत जय संगीतको नारासहित पैसा कमाउने उद्देश्यले नभई नेपाली गीत संगीत र श्रष्टा सम्मानका लागि विन्ध्यवासिनी फाउन्डेसनले यो अवार्डको आयोजना गर्दै आएको हो’ संयोजक रेग्मीले भने, ‘अवार्डलाई पहिलेझैं सभ्य र भव्य ढंगले सम्पन्न गर्नेछौं ।’

 

Logo